दफा ३०
निर्देशन दिन सक्ने :
(१) नेपाल सरकारले केन्द्रीय ज्येष्ठ नागरिक समिति,
प्रदेश ज्येष्ठ नागरिक समिति तथा स्थानीय ज्येष्ठ नागरिक
समितिलाई समय-समयमा आवश्यक निर्देशन दिन सक्नेछ ।
(२) उपदफा (१) बमोजिम दिएको निर्देशनको पालना गर्नु सम्बन्धित ज्येष्ठ नागरिक कल्याण समितिको कर्तव्य हुनेछ ।